आन्दोलनका क्रममा केन्द्रीय कारागार जग्गनाथदेवल काठमाडौँबाट भागेका ३८ वर्षीय अंजनी कुशवाहालाई प्रहरीले सिरहाबाट ०८२ चैत ९ गते गिरफ्तार गरेको छ । कर्जन्हा नगरपालिका–७ स्थित आफ्नै घरमलुकिछिपि बसेको अवस्थामा कुशवाहालाई गिरफ्तार गरेको एसपी बासुदेव पाठकले बताउनु भयो । कुशवाहा कर्तव्य ज्यान मुद्धामा कैद सजाय भुक्तान गर्दै आएको प्रहरीले जानकारी दिएको छ । जिल्ला कारागारमा समन्वय गरी सम्बन्धित कारागारमा पठाउने तयारी गरिएको एसपी पाठकले बताउनु भयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको