INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई पुस १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय खेमराज रोकायविरुद्ध चैत ८ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको छ । उजुरी लगत्तै आरोपित फरार रहेका छन् ।

स्वास्थ्य परीक्षणका क्रममा बालिकाको गर्भमा १६ हप्ताको बच्चा रहेको देखिएको छ। अत्याधिक रक्तअल्पताका कारण उहाँको स्वास्थ्य अवस्था जटिल बनेको थियो । बालिका एक हप्ताको उपचार पश्चात चैत ५ गते अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

पीडित बालिकाका अनुसार करिब एक महिना देखि रगत बग्ने समस्या देखिएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार अस्पतालमा उपचार गर्न आएपछि मात्रै घटना बाहिर आएको हो । ‘प्रहरीमा जाहेरी आएको छ । हामीले आवश्यक अनुसन्धान थालेका छौँ । घटनाका आरोपित भने फरार रहेका छन्,’उहाँले भन्नुभयो ।

मानदत्त रावल

अन्य

भिडियो