जिल्ला कारागार, सिन्धुलीबाट ०८२ भदौ २५ गते फरार भएका हरिहरपुरगढी गाउँपालिका–७, क्वाटर बस्ने २६ वर्षीय पुष्पराज फुँयाललाई प्रहरीले ०८२ चैत ६ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी सहायक निरीक्षक नागेन्द्र बैठाको कमाण्डमा खटिएको टोलीले उनलाई हरिहरपुरगढी गाउँपालिका–७ स्थित घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको हो । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका फुँयाललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन ०८२ चैत ७ गते पुनः कारागार पठइएको छ ।