INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गुलरिया नगरपालिका– २ का २१ वर्षीय चन्द्रबहादुर सुनारलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ चैत ३ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, २० हजार रुपियाँ क्षतिपूर्ति र ७५ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार कमल घलेले  बताउनु भयो ।

आरोपितले पीडित बालिकालाई ०८२ जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई जेठ १८  गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

प्रकाश पौडेल

अन्य

भिडियो