२३ वर्षीया महिलालाई ०८२ चैत ३ गते बलात्कार प्रयास गरेको आरोपमा मेचीनगर नगरपालिका–१४ का ४७ वर्षीय प्रदीप मित्तलविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय, धुलावारीमा चैत ३ गते उजुरी दिएको छ ।
महिलाको स्वास्थ्य परीक्षण चैत ३ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा गरिएको छ ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।