१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीनिया गाउँपालिका– १ का २३ वर्षीय बिमलेश यादवविरुद्ध पीडित पक्षले २०८२ चैत ३ गते लक्ष्मीनिया प्रहरी चौकीमा उजुरी दिएका छन् ।
आरोपितले बालिकालाई चैत १ गते घरमा एक्लै रहेको अवस्थामा बलात्कार गरेको पीडित परिवारले बताए । आरोपित फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
बालिकको स्वास्थ्य परीक्षण चैत ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।