INSEC Online

📅 २०८३ जेष्ठ २१

मकवानपुरमा प्रहरीमाथि आक्रमण : दुई जना गिरफ्तार

मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरीमाथि आक्रमण गर्ने हेटौंडा उपमहानगरपालिका–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले ०८२ फागुन २७ गते गिरफ्तार गरेको छ  ।

नियन्त्रणका क्रममा पेटको दाहिने भागमा गोली लागेर हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडाका १९ वर्षीय सनिस तितुङ घाइते भएका छन् । साथै सोही घटनामा प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको दुवै हातमा चोट लागी घाइते भएका छन्।

घाइते प्रहरी तथा गोली लागेका तितुङलाई उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार गिरफ्तार गरिएका दुई जना तथा गोली लागेर घाइते तितुङ विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरीसम्बन्धी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो