वाणगंगा नगरपालिका–१ उप्टाहकी ५६ वर्षीय लिला कुमारी श्रेष्ठलाई ‘बोक्सी’को आरोप लगाउदै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५१ वर्षीय हुम कुमारी झेडी मगर र उनकी छोरी २१ वर्षीय खगीश्वरा झेडी मगरलाई फागुन २६ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलालाई फागुन २६ गते ‘बोक्सी’को आरोप लगाउदै शरिरका विभिन्न भागमा अगुल्टो प्रहार गरी दुर्व्यवहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहका अनुसार पीडित महिलाको शरिरका विभिन्न भागमा जलेर फोक्का उठेको छ ।
पीडितले फागुन २६ गते आरोपितहरु विरुद्ध कसुरमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
पीडितको स्वास्थ्य परिक्षण पीपरा अस्पताल कपिलवस्तुमा फागुन २६ गते भर्ना गरी उपचार गरेको प्रहरीले जनायो ।