आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले कृष्णनगरबाट फागुन २६ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा मायादेवी गाउँपालिका– ६ बडसुडुवाका २१ वर्षीय सद्धाम हुसेन रहेका छन् । हुसेन हातहतियार खरखजना कसुरका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
कपिलवस्तु कारागारबाट भागेका ४ सय ३० जनामध्ये ३ सय १४ जना कैदी बन्दीहरु गिरप्mतार भइसकेको र अझै १ सय १६ जना फरार रहेको कपिलवस्तु कारागार प्रशासनले जनाएको छ ।
कारागारमा अहिले २० वर्षदेखि ८२ वर्ष उमेर समूहका कैदी बन्दीहरु रहेको कारागार प्रशासनले जनाएको छ ।