१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का २५ वर्षीय श्रीदेव यादवलाई इलाका प्रहरी कार्यालय लहानले फागुन ७ गते राति गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा सोही दिन उजुरी गरेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अपतालमा फागुन ७ गते नै गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार घटनाको जानकारी फागुन ७ गते रातिनै आएकोले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए ।