INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थीको ०८२ फागुन २३ गते राति हत्या गरको आरोपमा प्रहरीले ३५ वर्षीय पति डम्मराज जोशीलाई गिरफ्तार गरेको छ ।

घरायसी विवाद भएपछि पत्नीको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव घरमै फेलापरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।

पत्नीको हत्या गरी फरार रहेका पति जोशीलाई ०८२ फागुन २४ विहान गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिमिल्सिनाले बताउनु भयो ।

शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको र पोष्टमार्टमपश्चात शव आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

मैनामोती चौधरी

अन्य

भिडियो