INSEC Online

📅 २०८३ जेष्ठ २२

मोरङ प्रशासनबाट दुई दिन नागरिकता वितरणमा रोक

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ मा खटिनु पर्ने कर्मचारीलाई अभिमुखीकरणमा पठाएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता सेवा बन्द गराएको छ ।

कर्मचारी तालिममा सहभागी भएकाले ०८२ फागुन १४ र १५ गते प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण कार्य रोकिएको छ ।

निर्वाचनका कारण कर्मचारी तालिममा सहभागी भएकाले दुई दिन सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताउनु भयो ।

नयाँ नागरिकता शाखा तथा प्रतिलिपि नागरिकता शाखाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनु भयो ।

निर्वाचनसम्बन्धी तालिम लिनुपर्ने व्यवस्था भएकोले नयाँ नागरिकता शाखा तथा प्रतिलिपि नागरिकता शाखाबाट प्रवाह हुने सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाइ छ ।

नागरिकताको सेवा बन्द गरिएपछि नागरिकता लिन प्रशासन आएका सेवाग्राही सेवा नपाएर फर्किनु परेको छ ।

 

विनोद सुवेदी

अन्य

भिडियो