INSEC Online

📅 २०८३ जेष्ठ २१

लुटिएको एक थान हतियार फेला

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको हतियार फेला परेको छ ।

दमक नगरपालिका–६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय दमकबाट उत्तरपूर्व तर्फ रहेको याम्जी श्रेष्ठको खाली जग्गाको झाडीमा लुकाएर राखेको एक थना हतियार फेला परेको प्रहरीले जनाएको छ ।

मार्क ४ राइफल आधा जलेको र झाडीमा लुकाएर राखेको अवस्थामा ०८२ फागुन १४ गते फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

फेला परेको हतियार नवयुवा पुस्ताको प्रर्दशनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालयबाट लुटिएको अभिलेखमा रहेको प्रहरीले जनाएको छ ।

 

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो