INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदर्शनका क्रममा लुटिएको गोली फेला

नवयुवा पुस्ताको प्रर्दशनका क्रममा इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको सन्सासको म्यागजिन एक थान र तीन राउण्ड गोली फेला परेको छ ।

नवयुवा पुस्ताको प्रर्दशनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको म्यागजिन र गोली दमक नगरपालिका–६ मा सरसफाईका क्रममा वेवारिसे अवस्थामा ०८२ फागुन १३ गते फेला परेको हो ।

फेला परेको म्यागजिन र तीन राउण्ड गोली इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको रेकर्डमा देखिएको प्रहरीले जनाएको छ ।

 

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो