१३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पोखरा महानगरपालिका–१८ स्थायी घरभई भैरहवा पोखरा चल्ने गाडीका सहचालक २६ वर्षीय प्रकाश आले मगरलाई ०८२ माघ २७ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई माघ २१ गते यौन दुव्र्यवहार गरेको भनी पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण माघ २८ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।