मलंगवा नगरपालिका–४ का १५ वर्षीय आकाश राम बेवारिस पेस्तोल खेलाउने क्रममा गोली लागेर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईका अनुसार फागुन ७ गते सोही वडास्थित ढाकाबोर्डरमा फेला परेको बेवारिसे पेस्तोल खेलाउदा बालकको दाहिने हातको पञ्जामा गोली लागेको हो ।
निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएर राखिएको अवस्थामा सो पेस्तोल भेटिएको थियो । खेलौना भनेर पड्उँदा गोली चली बालक घाइते भएको प्रहरीले जानकारी दियो । घाइते बालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।