रसुवा उत्तरगया गाउँपालिका–५ घर भई मुस्ताङको घरफझोङ गाउँपालिका–२ मार्फाकी ३१ वर्षीया शान्ति गुरुङलाई चिर्पट दाउराले प्रहार गरी हत्या गरेको आरोपमा २३ वर्षीय पति अश्विन थापा मगरलाई प्रहरीले ०८२ फागुन ४ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध स्थानीयले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी नवराज न्यौपानेका अनुसार आरोपितलाई जिल्ला अदालत मुस्ताङबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम फागुन ५ गते प्रदेश अस्पताल मुस्ताङमा भयो ।