INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जोरायल गाउँपालिका–४ घाडका ४८ वर्षीय  खडकबहादुर मगर लाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले माघ २८ गते नै इलाका प्रहरी कार्यालय जोरायलमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १ गते जिल्ला स्वास्थ्य कार्यालय डोटीमा गरिएको छ ।

अन्य

भिडियो