INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तु कारागारबाट भागेका दुई कैदीबन्दी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका दुईजना कैदीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट माघ २७ गते गिरफ्तार गरेको छ ।

नियन्त्रण हुनेहरुमा वाणगंगा नपा ११ का लागुऔषध कसुरका अभियुक्त सरोज कुमार थारु र सुध्द्धोधन गाउँपालिका १ का बालविवाह र बहुविवाह कसुरका आरोपित महेश केवट रहेको जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले बताउनुभयो ।

कपिलवस्तु कारागारबाट भागेका ४ सय ३० जनामध्ये ३ सय १३ जना कैदी बन्दीहरु गिरफतार भैसकेको र अझै १ सय १७ जना फरार रहेको कपिलवस्तु कारागार प्रशासनले जनाएको छ ।
कारागारमा अहिले २० वर्षदेखि ८२ वर्ष उमेर समूहका कैदी बन्दीहरु रहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा बुद्धभूमि नपा ६ का कर्तव्य ज्यान कसुरका अभियुक्त ८२ वर्षीय तिलकराम लोहार रहेका छन् ।

रीमा बि.सी.

अन्य

भिडियो