INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितविरुद्ध उजुरी

फतुवा विजयपुर नगरपालिका–६ पेट भरवा टोलकी ३५ वर्षीया आरती देवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै पति ४५ वर्षीय महन्त राय यादवविरुद्ध माइती पक्षले ०८२ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ।

पतिपत्नी बीचको आन्तरिक विवादको कारण फागुन २  गते हत्या गरी आरोपित फरार थिए ।

मृतकको टाउको र घाँटीमा चोट लागेको छ भने घटनास्थलबाट बन्चरो र धारिलो हतियार बरामद भएको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका सइ विश्वनाथ यादवले जानकारी दिए ।

माइती बस्दै आएकी आरती माघ २७ गते मात्रै घर फर्किएकी थिइन । पटकपटक मानसिक यातना दिने र कुटपिट गर्ने गरेको मृतकका बुबा राम आधार राय यादवले बताए ।  शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र फरार रहेको आरोपितको खोजी भइरहेको प्रहरीले बताएको छ ।

गौरी न्यौपाने

अन्य

भिडियो