जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव– इन्जिनियर ३२ वर्षीय प्रमोद कुमार यादवको ०८२ फागुन ३ गते राति पहिचान नखुलेको समूहले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ । कर्मचारी यादव सिरहा जिल्ला सुखीपुर नगरपालिका–३ बैशाखा घर भई हाल मलंगवा नगरपालिका –१० देवीटोलमा बस्दै आएका थिए । पहिचान नखुलेको समूहले गोली प्रहार गर्दा ढलेको अवस्थामा पत्नीले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेको एसपी योगेन्द्र कुमार खड़काले जानकारी दिए ।
घाइते यादवलाई प्रादेशिक अस्पताल मलंगवामा पुर्याएको अवस्थामा मृत घोषणा गरेको डाक्टर नबल किशोर सिंहले बताए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको डिएसपी सरोज राईले जानकारी दिएका छन् । घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।