१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय रमेश सुनारलाई जिल्ला अदालतले १२ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधिस प्रकाश प्रसाद पण्डितको इजलासले माघ २९ गते दोषी ठहर गर्दै १२ वर्ष कैद, ५ लाख जरिवाना र २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो ।
सुनारले ०८१ साउन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । प्रहरीले सुनारलाई साउन ४ गते घोराहीबाटै गिरफ्तार गरी साउन २० गते जवरजस्तीकरणी सम्वन्धी मुद्धा चलाएको थियो ।