वीरगन्ज भन्सारका कर्मचारी सहित खटेको सशस्त्र प्रहरी बल गण नं. १३ का सशस्त्र प्रहरीहरु माथि कुटपिट गरेको आरोपमा दुर्गा रोड कैरियर्सका सञ्चाल मदन प्रसाद गुप्तासहित २३ जनाविरुद्ध ०८२ माघ २६ गते पीडितहरुले उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सोहि दिन वीरगन्ज महानगरपालिका –१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको दुर्गा रोड कैरियर्सको गोदाममा भंसार छलेर चोरी पैठारी गरी ल्याइएको कपडा लगायतका सामान रहेको भन्ने सूचनाका आधारमा सुरक्षाकर्मी सहितको टोलीले छापामारी गरेका थिए । सो क्रममा १२ लाख ७२ हजारको कपडालगायतको सामान नियन्त्रणमा लिएको कारण सो समूहले आक्रमण गरेको हो ।
कुटपितबाट सशस्त्र प्रहरी बल गण नम्बर १३ का ३५ वर्षीय सशस्त्र प्रहरी सहायक निरीक्षक महमद मुस्ताक अली, ३३ वर्षीय सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनी र ३२ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द पासवान घाइते भएको सशस्त्र प्रहरी बल गण नम्बर १३ का गणपति सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्रीले बताए ।
क्षेत्रीका अनुसार सहायक निरीक्षक अलीको बाया हातमा चोट लागेको र मोवाइल खोसेर लगेको छ भने सहनीको बायाँ गोडामाचोट लागेको र पासवानको टाउकोमा गम्भिर चोट लागेको छ। घाइतेकहरुको नारायणी अस्पताल वीरगन्जमा उपचार पछि सोहि दिन बेलुका डिष्चार्ज गरीएको छ । उक्त समूहले बा.प्र. एफ ४४०१२५ वान टन र ना १ झ १५३१ नम्बरको स्कारपियो गाडीमा तोडफोड गरी क्षति पुर्याएको छ। आरोपितहरु फरार रहेकोले खोजतलास भइ रहेको प्रहरीले जानकारी दियो ।