अपाङ्गता हुनु भएकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खादबारी नगरपालिका –६ घर भई चिचिला गाउँपालिका -१ बस्ने २४ वर्षीय चुडामणि चाैलागाई माघ २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई ०८२ भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धन बहादुर राजवंशीले बताउनुभयो ।
पीडित महिलाकाे स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २६ गते गरिएको छ।