INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता हुनु भएकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खादबारी नगरपालिका –६ घर भई चिचिला गाउँपालिका -१ बस्ने  २४ वर्षीय चुडामणि चाैलागाई माघ २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई ०८२ भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धन बहादुर राजवंशीले बताउनुभयो ।

पीडित महिलाकाे स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २६ गते गरिएको छ।

भविन कार्की 

अन्य

भिडियो