१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले शीतगङ्गा नगरपालिका– १४ का ५० वर्षीय पुरुषलाई १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश शिवलाल पाण्डेयको ०८२ माघ २८ गतेको इजलाशले आरोपितलाई एक वर्ष ६ महिना कैद, १५ हजार रुपियाँ जरिबाना पीडितलाई क्षतिपूर्ति दिलाउने र ६ सय रुपियाँ पीडित राहत कोषमा जम्मा हुने फैसला गरेको हो।
आरोपितले पीडितलाई ०८२ मङ्सिर ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको पुस ८ गतेको इजलासले आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा गरिएको थियो।