आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुरक्षाको दृष्टिकोणबाट जिल्लामा १ सय ४६ मतदान स्थलमध्ये ६ मतदान स्थल अति संवेदनशिल, ६६ मतदान स्थल संवेदनशिल र ७४ मतदान स्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनु भयो । उहाँले अति संवेदनशिल र संवेदनशिल मतदान स्थलमा सुरक्षा प्रबन्धको तयारीका सन्दर्भमा जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको बताउनुभयो ।
सिन्धुपाल्चोकमा ३ सय ३८ मतदान केन्द्रमा १ लाख ३१ हजार ६ सय ९६ महिला र १ लाख ४३ हजार ३ सय २ गरी जम्मा २ लाख ७४ हजार ९ सय ९८ मतदाता रहेका छन् । सुरक्षा दृष्टिकोणले अति संवेदनशिल र संवेदनशिल मतदान स्थलमा पर्यवेक्षण गर्ने संघसंस्थाहरुले निर्वाचन सफल बनाउन सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीले अनुरोध गर्नुभयो ।