INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हवल्दार हत्या घटनाका आरोपित गिरफ्तार

महाकाली नगरपालिका–४ निवासी सामुदायीक प्रहरी सेवा केन्द्रमा कार्यरत ४० वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्तीको ०८२ माघ २६ गते राति हत्या गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–४ का २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई माघ २७ गते गिरफ्तार गरेको छ ।

प्रहरी हवल्दार घर्ती महाकाली नगरपालिका–४ बांगावगडास्थित होटलपछाडि माघ २७ गते मृत अवस्थामा फेला परेका थिए ।

घटनामा संलग्न तथा सहयोगीको भूमिकामा रहेका अन्य चार जना आरोपित भने फरार रहेका छन् । फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी पत्नी लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसएसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

गिरफ्तार गरिएकी  दिपिका भने आशिक पालकी कान्छी पत्नी भएको र  अस्मिता बियर बारमा कान्छी पत्नी दिपिकालाई प्रहरी हवल्दार घर्तीले जिस्काएको भन्दै अस्मिता बियर बारका सञ्चालक आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एएसपी विष्टले बताउनु भयो ।

एसएसपी विष्टका अनुसार प्रहरी हवल्दार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनापछि फरार रहेकाहरूको खोजी कार्य भइरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दार्चुलामा लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नरेन्द्रसिंह कार्की

अन्य

भिडियो