१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा जनकनन्दनी गाउँपालिका–५ का २६ वर्षीय राम जीवन सिंहविरुद्ध पीडित पक्षले ०८२ माघ २३ गते धनुषा जिल्ला अदालतमा सामाजिक सञ्जाल दुरुपयोगसम्बन्धी मुद्दा दर्ता गराएका छन् । विगत केही महिनादेखि बालिकाको तस्बिर तथा भिडियो दुरुपयोग गरी टिकटकलगायत सामाजिक सञ्जालमा अपलोड हुँदै आएको भन्दै पीडित परिवारले माघ ५ गते इलाका प्रहरी कार्यालय खौजुरीमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय खौजुरीका वरिष्ठ सइ प्रकाश थापाका अनुसार उजुरीको आधारमा अनुसन्धान पश्चात आरोपितको पहिचान खुलेको हो । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७