INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बागलुङको निसिखोला गाउँपालिका– ६ भलकोट घर भई मुस्ताङको बारागुङ मुक्तिक्षेत्र– २ छयाङगोठ बस्ने २७ वर्षीय आकाश घर्तीमगरलाई साढे ७ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालतको ०८२ माघ २० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दैे साढे ७ वर्ष कैद, ३ लाख रुपियाँ जरिबाना र १ हजार २ सय पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत मुस्ताङका सूचना अधिकारी दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कसुरदारले महिलालाई ०८१ फागुन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय मुस्ताङमा दिएका थिए । प्रहरीले आरोपितलाई फागुन २ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतका न्यायाधिश विद्याराज पौडेलको फागुन २७ गतेको इजालसले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो