गौशाला नगरपालिका–१ रामनगरकी ज्येष्ठ नागरिक ७३ वर्षीया रासो देवी यादवको शव ०८२ माघ १६ गते निवस्त्र अवस्थामा घर नजिकै उखु बारीमा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय गौशलाका इन्स्पेक्टर रमेश लामाका अनुसार रासो देवी माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएको भन्दै उनका छोरा हरी यादवले १५ गते उजुरी दिएका थिए । परिवारजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनको शव उखु बारीमा फेला परेको लामाले जानकारी दिए ।
शव पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । घटनाबारे अनुसन्धान गरी रहेको प्रहरीले बताएको छ ।