१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नगरपालिका–१२ का २५ वर्षीय बाले मंडलबिरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ०८२ माघ १३ गते उजुरी दिए ।
डिएसपी रमेशबहादुर पालका अनुसार ०८२ पुस ३० गते आरोपितले बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएको हो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा माघ १३ गते भयो । आरोपित फरार रहेकोले खोज तलास भैरहेको प्रहरीले बताएको छ ।