INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता उल्लङ्घन गरेको भन्दै उम्मेदवारसँग आयोगले माग्यो स्पष्टीकरण

जाजरकोट ०८२ माघ १२ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई माघ १२ गते स्पष्टीकरण सोधेको छ । माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्रmममा बाजागाजा बजाउने समुहलाई पाँच सयका रुपियाँका दरले पैसा दिएको भन्दै उजुरी परेपछि तीन दिन भित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

बाजागाजा बजाइरहेको देखिने समूहका सदस्यहरुलाई पाँच सय रुपियाँका नोटहरु प्रदान गर्दै गरेको भिडियो देखिएकाले । स्पष्टीकरण बुझाउन आयोगले पत्र काटेको हो ।

आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानुनबमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टीकरण पेस गर्न भनेकोे छ ।

बासुदेव शर्मा  

अन्य

भिडियो