INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तु कारागारका १ सय १९ कैदीबन्दी अझै फरार

नवयुवा पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा कपिलवस्तु कारागारबाट भागेका १ सय १८ जना कैदीबन्दीहरु अझै फरार रहेका छन् । फरारमध्ये ८८ जना कैदी र ३१ जना बन्दी अर्थात थुनुवा रहेका छन् ।

भदौ २४ गते कारागार तोडफोड गरेर भागेका ४ सय ३० जना कैदीबन्दीहरुमध्ये ३ सय ११ जनालाई प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको र जसमध्ये २ सय ३७ जना कैदी र ७४ जना बन्दीहरु रहेको जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले बताउनु भयो ।

कारागारबाट भागेका १ सय १९ जनाको खोजी कार्य भइरहेको कारागार प्रशासनले जनाएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो