INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले देवदह नगरपालिका–४ पिप्रहियाका २२ वर्षीय सुनिल डंगोरिया भन्ने सुनिल थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको ०८२ पुस २७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १० वर्ष कैद, ५ लाख जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति बापतको रकम पीडितलाई भराई दिने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०७९ वैशाख १ गतेदेखि वैशाख १४ गतेसम्म विभिन्न डर धम्की देखाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते दाजुको सहयोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते कपिलवस्तु अस्पताल तौलिहवामा भयो । प्रहरीले आरोपितलाई ०७९ वैशाख १६ गते बानियाभरबाटै गिरफ्तार गरेको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो