INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा तीन जना उम्मेदवारको उम्मेदवारी फिर्ता, एकजनाको उम्मेदवारी बदर

बर्दियामा तीनजना उम्मेदवारले  आफ्नो उम्मेदवारी फिर्ता लिएका  छन् र एकजना उम्मेदवारको उम्मेदवारी बदर भएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रानाभाटले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कमल घलले बताए । त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका नुतक कुमार चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेत्रराज आचार्यले मनोनयन फिर्ता लिएका छन् । आम जनता पार्टीका उम्मेदवार रामेश्वर चौधरी कालो सूचिमा परेको हुँदा उम्मेदवारी बदर भएको निर्वाचन अधिकृत गोबिन्द घिमिरेले जानकारी दिनुभयो ।

प्रकाश पौडेल

अन्य

भिडियो