INSEC Online

📅 २०८३ जेष्ठ २१

रोल्पाका दुई जनाले उम्मेदवारी फिर्ता लिए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका रोल्पाका दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका आसबहादुर पुन र दलबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विनोद खतिवडाले जानकारी दिनुभयो।

रोल्पा जिल्लामा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए। तीमध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब जिल्लामा १० राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा ७४ हजार ९ सय ७ महिला र ७४ हजार ६ सय ९० पुरुष गरी १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका छन्। जिल्लाभर ८६ मतदान स्थल र १ सय ८० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ।

तिलक घर्तिमगर

अन्य

भिडियो