१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बुबालाई माघ २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो । आरोपितलाई गिरफ्तार गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २२ गते जिल्ला अस्पताल सन्धिखर्ककमा भएको प्रहरीले जनायो ।