साढे तीन वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १६ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ पुस २५ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय, ३ लाख ५० हजार रुपियाँ जरिबाना र पीडित राहतकोष मार्फत पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति बापत भराइदिने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८१ साउन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन ५ गते घरबाटै गिरफ्तार ग¥यो । पीडितको स्वास्थ्य परीक्षण साउन ५ गते भिम अस्पताल भैरहवामा भयो ।