INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

रङ्गेली नगरपालिका–७ का २५ वर्षीय पत्रकार विशाल मण्डललाई माघ ६ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३३ वर्षीय मोहम्मद सिराजुदिनलाई सोही दिन गिरफ्तार गरेको छ ।

नवयुवा पुस्ताले गरेको प्रर्दशनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रशासन कार्यालय र रङ्गेली नगरपालिका–६ वडा कार्यालय जलाएको भिडियो प्रसारण गरेको विषयलाई लिएर कुटपिट गरेको पीडित पत्रकार मण्डलले बताउनु भयो ।

आरोपितलाई प्रहरीले माघ ६ गते गिरफ्तार गरी अभद्र व्यवहारमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, रङ्गेली इन्स्पेक्टर नरेन्द्र बोगटीले बताउनु भयो ।

कुटपिटबाट अनुहारमा चोट लागेको पत्रकार मण्डलको जिल्ला अस्पतालमा माघ ६ गते उपचार गरिएको छ ।

 

विनोद सुवेदी 

अन्य

भिडियो