INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार र ठगी गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नपा–३ बरइन्डिहवाका २१ वर्षीय मोहम्द मुस्तफालाई ११ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश रमेश शर्मा पौडेलको ०८२ पुस २७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ११ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, पीडित राहत कोषको ७ लाख पीडितलाई भराई दिने र प्रतिवादीबाट पीडितलाई थप १ लाख रुपियाँ भराइदिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८१ माघ १ गते बलात्कार तथा ठगी गरेको भन्दै पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण माघ २ गते कपिलवस्तु अस्पताल तौलिहवामा भयो । प्रहरीले आरोपितलाई माघ २ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो