INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको स्वचालित इन्सास राइफलको २१ राउण्ड गोली फेला

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकबाट प्रर्दशनकारीद्वारा लुटिएको स्वचालित हतियार(इन्सास) को २१ राउण्ड गोली फेला परेको छ ।

दमक नगरपालिका–८ अर्गानिक कृषि भवनको पूर्वपट्टी गेटछेउमा ढुङ्गाको चेपमा कालो प्लाष्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा इन्सास राइफलको २१ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

फेला परेको इन्सास राइफलको २१ राउण्ड गोली जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको रेकर्डमा पाइएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो