१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठविसकोट नपा–१० झिन्चौरका २० वर्षीय विकास भनिने मनविर मल्ललाई माघ २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा माघ २४ गते उजुरी दिएको छ ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २३ गते जिल्ला अस्पताल सल्लेमा गरिएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७