INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१६ टिकुलियाका  २७ वर्षीय अमन सदालाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २ गते इलाका प्रहरी कार्यालय, पकलीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा माघ २ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो