INSEC Online

📅 २०८३ जेष्ठ २२

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियार फेला

दमक नगरपालिका- ६ स्थित थानारोडमा रहेको इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनका क्रममा ०८२ भदौ २३ गते लुटिएको हतियार प्रहरीले फेला पारेको छ ।

दमक नगरपालिका- १ सुकुम्बासी बस्तीमा बस्ने  डेकबहादुर थापाको घरभित्र गाडिएको अवस्थामा प्रहरीले दमकबाट लुटेको हतियार सर्ट गन फेला पारेको हो ।

थापाको घरभित्र हतियार लुकाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा गाडिएको अवस्थामा सर्ट गन फेला परेको डिससपी किशोर लम्सालले बताउनु भयो ।

थापाको घरभित्र गाडिएको अवस्थामा सर्ट गनको बटको भागमा १३२०४४७ नम्बर लेखिएको सर्टगनको बटको भाग थान–१ बेसाबुत हतियारको पार्टपुर्जा बालुवाले पुरेर राखेको अवस्थामा फेला परेको डिएसपी लम्सालले बताउनु भयो ।

फेला परेको सर्ट गन हतियार भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो