INSEC Online

📅 २०८३ जेष्ठ २१

जगन्नाथदेवलबाट भागेका एक जना कैदी गिरफ्तार

जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल सुन्धारा, कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा १३ वर्ष कैद फैसला तोकिएका दोलखा, गौरीशंकर गाउँपालिका–७ का ३९ वर्षीय रुद्रबहादुर खत्रीलाई प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाडाँबाट पुस २८ गते गिरफ्तार गरेको हो ।

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेर भुम्जुडाँडास्थित छोरीको घरमा बसेको सूचनाको आधारमा खत्रीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशान्त मिश्रले बताउनु भयो । खत्रीलाई प्रहरीले पुस २८ गते नै जिल्ला कारागार कार्यालय, खोटाङको जिम्मा लगाएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो