INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोडैताले गोडैता नगरपालिका–४ का २४ वर्षीय रामनरेश महतोलाई ०८२ पुस २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई मंसीर २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस ६ गते इलका प्रहरी कार्यालय गोडैतामा उजुरी दएको छ । महतोलाई गिरफ्तार गरी सर्लाही जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो