४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय देवरलाई माघ २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले माघ १७ गते बलात्कार गरेको भन्दै पीडितले माघ १८ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालल जानकारी दिए ।
पीडित महिलाको स्वास्थ परीक्षण माघ २० गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनायो ।