INSEC Online

📅 २०८३ जेष्ठ २१

सप्तरी कारागारबाट भागेका एक जना कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्ला कारागार कार्यालय, सप्तरीबाट भागेका एक जना कैदीलाई प्रहरीले ०८२ पुस २७ गते मोरङबाट गिरफ्तार गरेको छ ।

जिल्ला कारागार कार्यालय, सप्तरीमा कैद भुक्तान गरिरहेको अवस्थामा ०८२ भदौ २४ गते भागेका सप्तरी, शम्भुनाथ नगरपालिका–३ का ३२ वर्षीय नरेन्द्रकुमार पाललाई प्रहरीले विराटनगर महानगरपालिका–२ बन्जराचोकबाट गिरफ्तार गरेको हो ।

बलात्कार मुद्दामा जिल्ला कारागार, सप्तरीमा कैद भुक्तान गरिहेको अवस्थामा फरार भएका पाललाई गिरफ्तारीपछि कानुनी प्रक्रिया पुर्‍याएर कारागार बुझाइने प्रहरीले जनाएको छ ।

कोशी प्रदेश कार्यालय  

अन्य

भिडियो