आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्ला कारागार कार्यालय, सप्तरीबाट भागेका एक जना कैदीलाई प्रहरीले ०८२ पुस २७ गते मोरङबाट गिरफ्तार गरेको छ ।
जिल्ला कारागार कार्यालय, सप्तरीमा कैद भुक्तान गरिरहेको अवस्थामा ०८२ भदौ २४ गते भागेका सप्तरी, शम्भुनाथ नगरपालिका–३ का ३२ वर्षीय नरेन्द्रकुमार पाललाई प्रहरीले विराटनगर महानगरपालिका–२ बन्जराचोकबाट गिरफ्तार गरेको हो ।
बलात्कार मुद्दामा जिल्ला कारागार, सप्तरीमा कैद भुक्तान गरिहेको अवस्थामा फरार भएका पाललाई गिरफ्तारीपछि कानुनी प्रक्रिया पुर्याएर कारागार बुझाइने प्रहरीले जनाएको छ ।